कोलकाताः पश्चिम बंगालमा एक दलित युवकको अनुहारमा सत्तारूढ़ तृणमूल कंग्रेसको कार्यालयभित्र पिसाब गरेको घटनामा मुख्यमन्त्री ममता ब्यनर्जीको मौनतामाथि भारतीय जनता पार्टी (भाजपा)-ले प्रश्न तेर्साएको छ। यी युवकमाथि कुटपिट पनि गरिएको छ। पश्चिम मेदिनीपुरका पुलिस अधीक्षक समक्ष यसको लिखित सिकायत दर्ता गरिएको छ।
भाजपा आईटी सेलका प्रमुख औ उत्तर बंगालका प्रभारी अमित मालवीयले सोमवार ट्वीटरमा लेखेका छन्- “पश्चिम मेदिनीपुरको गढ़बेता विधानसभा अन्तर्गत खूनबेरिया गाउँका वासिन्दा हुन् वरूण रूइदास दलित। पञ्चायत चुनाउ सम्पन्न भएपछि ममता ब्यनर्जीका गुण्डा (सत्तारूढ़ तृणमूलका कार्यकर्ता)-हरूले तिनलाई आफ्नो घरदेखि बलजफ्ती पार्टी कार्यालयमा ल्याएर तिनीमाथि कुटपिट गरे साथै तिनको अनुहारमा पिसाब पनि गरिदिए। तिनको दोष यति मात्र थियो कि तिनी स्थानीय ७५ नम्बर बूथमा भाजपाका पोलिङ एजेन्ट भएका थिए। यस अमानवीय कृत्यलाई लिएर ममता ब्यनर्जी मौन छन् तथा सम्पूर्ण मामिलालाई ढाकछोप गर्नको लागि उनको प्रशासनको मिलीभगत भयावह छ। यो एउटा राजनीतिक हिंसा मात्र नभएर जातीय अत्याचार पनि हो जुन आफै-आफमा घृणित छ।”
-हिस