मतगणना केन्द्र बाहिर भेटियो मतपत्र, क्षेत्रमा सनसनी

IMG-20230410-WA0169-11-300x172-4

हुगलीः जिल्लाको पान्डुआ थानान्तर्गत बैन्ची क्षेत्रमा एक मतगणना केन्द्र बाहिर मतपत्र भेटिएपछि क्षेत्रमा सनसनी फैलेको छ। यस घटनापछि स्थानीय मानिसहरूले ब्लक प्रशासनमाथि लापरवाहीको आरोप लगाएका छन्।

उल्लेख्य, पञ्चायत चुनाउको मतगणना ११ जुलाईमा पूरा भएको थियो। पान्डुआ ब्लकको मतगणना केन्द्र बैन्ची जीटी रोड नजिक एउटा निजी इन्जीनियरिङ कलेजमा आयोजित गरिएको थियो। सोमवार बिहान अचानक स्थानीय मानिसहरूले कलेज परिसर नजिक पञ्चायत समिति संख्या-४७ का धेरै मतपत्रहरू देखे। यो खबर क्षेत्रमा आगो सरह फैलियो। सूचना पाएर घटनास्थलमा पुगेर पुलिसले मामिलाको जाँच शुरू गरेको छ। विभिन्न राजनीतिक दलहरूका प्रतिनिधि पनि घटनास्थलमा पुगे। यस सम्बन्धमा स्थानीय माकपा नेता प्रदीप साहाले भने, मतपत्र कसरी बाहिर आयो, बीडीओले जवाफ दिनपर्नेछ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *