इस्लामपुरः राज्य पञ्चायत चुनाउको परिणाम आएको हप्ताभन्दा धेरै समय बितिसकेको छ तर नामाङ्कनको समयदेखि जारी हिंसाको क्रम अहिलेपनि जारी छ। दिनहुँ राज्यका अलग-अलग हिस्साहरूबाट हिंसाको खबरहरू आइरहेछ। ताजा मामिला उत्तर दिनाजपुर जिल्लाको इस्लामपुरको नतूनपाड़ा क्षेत्रको हो, जहाँ आइतवार अबेर राति एक तृणमूल कार्यकर्ताको घरमा कथित रूपमा आगो लाग्यो। आगो लागेको आरोप भाजपा समर्थित गुण्डाहरूमाथि लागेको छ।
स्थानीय सूत्रहरू अनुसार, बिमल दास नाम गरेका एक तृणमूल कार्यकर्ता बिहे समारोहमा एक आफन्तको घर गएका थिए। यही अवधि भाजपा समर्थित गुण्डाहरूले कथित रूपमा उनको घरमा आगो सल्काए। खबर सुन्नसाथ बिमल दास र उनको परिवार घर पुग्यो। घटनाको सूचना इस्लामपुर थाना पुलिस र फायर ब्रिगेडलाई दिइयो। दमकलका दुई गाड़ीले घटनास्थलमा पुगेर आगो निभाए। बिमल दासको परिवारले आरोप लगाएको छ, भाजपाका पूर्व स्थानीय सदस्य अरूण वर्धन नाम गरेको तृणमूल कांग्रेसको समर्थन गरेको कारण उनलाई धेरै पल्ट धमकी दिइएको थियो। यस घटनाको पछाड़ी भाजपाको गुण्डाहरूको हात हुनसक्छ।
घटनाको खबर पाएर इस्लामपुर ब्लक तृणमूल कांग्रेस अध्य़क्ष जाकिर हुसैन घटनास्थमा पुगे। उनले भने, यहाँ तृणमूलको जित भएको छ। पराजयपछि भाजपा समर्थकहरूले आत्तिएर यस घटनालाई अन्जाम दिएका छन्। उनले दोषीहरू विरूद्ध कारबाहीको माग गरेका छन्। यद्यपि, भाजपाको स्थानीय नेतृत्वले तृणमूल कांग्रेसको आरोपहरूलाई सोझै खारेज गरेका छन्।
-हिस