मुख्यमन्त्री तामाङले गरे दिल्लीमा विद्यार्थीहरूसँग भेट

IMG-20230717-WA0467.jpg

गान्तोक: दिल्ली भ्रमणको क्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले दिल्लीमा युपीएससीको निम्ति तयारी गरिरहेका विद्यार्थीहरूसँग भेट गरे। देशको राजधानीस्थित नयाँ दिल्लीको सिक्किम ओल्ड हाउसमा भएको विद्यार्थीहरूसँगको भेटमा मुख्यमन्त्री उनीहरूको अध्ययनमा भइरहेको प्रगतिबारे जानकारी लिए। विद्यार्थीहरूको शैक्षिक कार्यलाई प्रोत्साहन गर्दै मुख्यमन्त्रीले विद्यार्थीहरुलाई उत्कृष्टताको लक्ष्य राख्न र छनोट गरेको क्षेत्रमा उत्कृष्टताका लागि प्रयास गर्नुपर्ने आग्रह गरे। मुख्यमन्त्रीको उपस्थिति र प्रोत्साहनका शब्दहरूबाट विद्यार्थीहरू निस्सन्देह उत्प्रेरित भए, जसले उनीहरूको दृढ संकल्प र यूपीएससी पाठ्यक्रममा उत्कृष्ट हुने कुरामा मुख्यमन्त्रीले आशा व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement