कोलकाताः भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष दिलीप घोषले सोमवार दाबी गर्दै २०२४ को लोकसभा चुनाउमा भारतीय जनता पार्टीले बंगालमा तृणमूल कांग्रेसबाट एक दर्जनभन्दा धेरै सीटहरू खोस्नेछ भनी दाबी गरेका छन्।
न्यू टाउन इको पार्कमा मर्निङ वक गर्न पुगेका दिलीप घोषले मीडियासित कुराकानी गर्दै भने, पहिलेको तुलनामा भारतीय जनता पार्टीको सांगठनिक शक्ति बढ़ेको छ। २०१८ को लोकसभा चुनाउमा पार्टीले जहाँ केवल २१ हजार सीटमा चुनाउ लड्न पाएको थियो, यसपाली ४७ हजार उम्मेदवार चुनावी मैदानमा थिए। भाजपाले ग्राम पञ्चायतको सीटहरूमा भारी संख्याले जित हासिल गरेको छ। १० जुलाईको दिन ६९६ मतदान केन्द्रहरूमा पुनर्मतदान भएको थियो, जसमध्ये ६५० मा विपक्षी उम्मेदवारको जित भएको छ। तृणमूल कांग्रेसले यस पाली पञ्चायत चुनाउलाई हिंसा र लूटपाटको बुतामा जितेको सबैलाई थाहा छ। यो संधैभरि चल्नेछैन।
अभिषेक ब्यानर्जी सहित तृणमूलका अन्य नेताहरूको तर्फबाट हाईकोर्टमाथि प्रश्न चिह्न खड़ा गर्नलाई लिएर उनले भने, तृणमूलको नेता हरेक प्रकारको भ्रष्टाचारमा सामेल छन्। खासगरी अभिषेक ब्यानर्जीमाथि हमला गर्दै उनले भने, कोर्टबाट उनले हरेक पल्ट आलोचना र निःराशा झेलिरहेका छन् यसैले अब कोर्टमाथि हमलावर भएका छन्। यो सत्ताको नशा हो। समयको साथ उनले यसको जवाफ पाउनेछन्। यस बाहेक फ्रान्सको साथ भारतको जहाज बनाउने समझौतालाई लिएऱ उनले भने, कोलकाताको गार्डनरीचमा जहाज बनाउनमा सहमति बनेको छ। यो भारतको शक्तिशाली हुँदै गइऱहेको पहिचान हो। भारतमा लेबर सस्तो छ, मानिसहरू दक्ष छन्, अनुकूल परिवेश छ, विद्युत यातायात हरेक चीजको सुविधा छ। हाम्रा वैज्ञानिक धेरै नै दक्ष छन्। य़सैले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतमाथि पूरा विश्वले विश्वास गरिरहेछ।
-हिस