कोलकाता वरिपरि प्रदूषण कम गर्न परिवहन विभागको ठूलो निर्णय

traffic

कोलकाता: कोलकातासमेत वरिपरिका क्षेत्रमा प्रदूषणलाई कम गर्ने दृष्टिले परिवहन विभागले ठूलो निर्णय लिएको छ। विभागअनुसार शहरमा अब १५ वर्षभन्दा पुरानो गाड़ीलाई चल्ने अनुमति दिइने छैन। यो निर्णय लागू हुँदा हावड़ा र कोलकातामा लाखौं गाड़ी रद्द हुनसक्छ। अहिले कोलकाता र वरिपरिका क्षेत्रहरूमा ३०-३५ वर्ष पुरानो वाणिज्य गाड़ीहरू चल्छ। अब यस्ता वाहन मालिकहरूलाई पत्र पठाएर यी गाड़ीहरूलाई छिट्टै स्क्रेपमा पठाइयोस् भनिनेछ। साथै जसले गाड़ीलाई स्क्रेपमा पठाएका छन्, उनीहरूलाई दस्तावेज जमा गर्नलाई भनिएको छ। तीन चरणमा पुरानो वाहनलाई स्क्रेपमा पठाइनेछ। पहिलो चरणमा सन् १९७० को १ जनवरीदेखि १९९९ को ३१ दिसम्बरसम्म रेजिस्टर्ड गाड़ीहरूलाई स्क्र्याप गरिनेछ। त्यसपछि वर्ष २००० को १ जनवरीदेखि २००७ को ३१ दिसम्बरसम्मको गाड़ीहरूलाई रद्द गरिनेछ। त्यसपछि वर्ष २००८ देखि रेजिस्टर्ड जुन गाड़ीहरू अहिलेसम्म सीएनजीमा परिणत भएका छैनन्, त्यसलाई रद्द गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *