तृणमूल विधायकमाथि शुभेन्दु अधिकारीलाई धमकी दिएको आरोप, भीडियो भाइरल

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउको परिणाम आएको हप्ताभन्दा धेरै समय बितेपनि हिंसाको क्रम रोकिएको छैन। ताजा मामिलामा केनिङबाट तृणमूल कांग्रेसका विधायक परेश राम दासले वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीलाई बन्धक बनाउने धमकी दिएका छन्। उनको एउटा भीडियो सोशल मीडियामा भाइरल भइऱहेछ।

मंगलवार शुभेन्दु हिंसा प्रभावित केनिङको भ्रमण गर्नेछन् र पीड़ितहरूसित भेट गर्नेछन्। त्यसअघि परेशले भने, यदि शुभेन्दु अधिकारी यहाँ आए, उनलाई बाँधेर राख्नेछौं। चुनाउको घोषणा भएदेखि नै केनिङ हिंसाग्रस्त रहेको छ। राज्यपाल डा. सीवी आनन्द बोसले पनि यहाँ भ्रमण गरी पीड़ितहरूसित भेट गरिसकेका छन्। यहाँको २४१ ग्राम पञ्चायत, ३० पञ्चायत समिति र तीन जिल्ला परिषदमा परेश राम दासका समर्थकहरूको निर्विरोध जित भएको छ। यसपछि शुभेन्दुले यहाँ गएर हिंसा पीड़ितहरूसित भेट गर्ने घोषणा गरेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement