तृणमूलको विजय जुलूस, क्लबमाथि हमला

00-1-Rajya-Samachar-15

पश्चिम मेदिनीपुरः पश्चिम मेदिनीपुरको घाटाल ब्लकको कुठीघाट क्षेत्रमा आइतवार साझँ तृणमूल कांग्रेसका नेताहरू र कार्यकर्ताहरूले पञ्चायत चुनाउमा आफ्नो जितको खुशियाली मनाउनका लागि एउटा विजय जुलूसको आयोजन गरेका थिए। त्यस जुलूसबाट केही मानिसहरूले एक स्थानीय क्लबमाथि हमला गरेको औं क्लबमा तोड़फोड़ गरेको आरोप छ। हमलाको खबर पाउनसाथ भारी संख्यामा पुलिस बल घटनास्थलमा पुगेर स्थितिलाई सम्हाल्यो।

यस घटनामा प्रतिक्रिया दिँदै घाटालबाट भाजपा विधायक शीतल कपाटले भने, त्यो भाजपा समर्थकहरूको क्लब हो, यसैले हमला गरियो। तृणमूलको विजय जुलूसबाटै हाम्रा कार्यकर्ताहरूमाथि हमला शुरू भयो। त्यस क्लबका अधिकतर सदस्य हाम्रा समर्थक हुन्। घाटालको शान्तिपूर्ण क्षेत्रलाई अशान्त बनाउने प्रयास भइरहेछ। मैले पुलिससित कारबाही गर्ने अनुरोध गरेको छु। यदि कारबाही भएन भने हामी आन्दोलन गर्नेछौं।

पार्टी कार्यकर्ताहरूको यस्तो काण्ड सुनेपछि घाटाल जिल्ला परिषदका विजयी तृणमूल उम्मेदवार शंकर दोलाईले क्लबमा गएर सदस्यहरूसित कुरा गरे। उनले आउने दिनमा यस्ता घटनाहरू हुनेछैन भनी आश्वासन दिएका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement