सिलगढीको गुरुङबस्ती इलाकाको महानन्दा नदीबाट एक किशोरको शव बरामद

9e9c9063-a854-465b-bba9-53c2876afae9

सिलगढी: सिलगढी महानगरपालिकाको वडा नम्बर ३ को गुरुङबस्ती क्षेत्रमा रहेको महानंदा नदीबाट एक किशोरको शव फेला परेको छ। क्षेत्रमा व्यापक तनाव फैलिएको छ । घटनास्थलमा प्रधाननगर पुलिस पुगेको थियो । सोमबार साँझ स्थानीयले किशोरको शव खोलामा तैरिरहेको देखेका थिए । त्यसपछि स्थानीय दुई युवाले शव खोला किनारमा ल्याएका थिए । स्थानीयवासीले प्रधाननगर पुलिस थानालाई खबर गरेपछि प्रधाननगर पुलिसले घटनास्थलमा पुगेर शव निकालेर पोष्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल पठाएको थियो । तर, मृतक किशोरको नाम भने खुल्न सकेको छैन । प्रधाननगर पुलिस थानाले सबै घटनाको अनुसन्धान सुरु गरेको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement