दवाई पानीमा गठबन्धनको आभार सभा

IMG-20230717-WA0389.jpg

म आफ्नो वचनदेखि पछि हट्ने छुइन: निमन्त राई

दार्जीलिङ: दवाई पानी ग्राम पञ्चायतमा हाम्रो पार्टी साथै गठबन्धनको सभा सम्पन्न भयो। सभामा गठबन्धन दलको निर्वाचित पञ्चायत समिति सदस्य निमन्त राई विशेष रूपमा उपस्थित रहेका थिए। हाम्रो पार्टीको क्षेत्रीय शाखा अध्यक्ष रूबेन मुखियाको अध्यक्षतामा सम्पन्न भएको धन्यवाद ज्ञापन समारोहमा निर्वाचित पञ्चायत समिति सदस्य निमन्त राईले समस्त वार्डवासीहरू एंव मतदाताहरूप्रति आभार जनाएका छन्। स्मरण रहोस् गत ८ जुलाईको दिन सम्पन्न भएको पञ्चायत चुनावमा पहाडको ग्राम पञ्चायत एंव पञ्चायत समितिहरूको आसनहरूमा हाम्रो पार्टी, क्रामाकपा, गोजमुमो, भाजपा, गोरामुमो आदि राजनैतिक दलहरूले संयुक्त गोर्खा गठबन्धनको गठन गरेर उम्मेद्वारहरू खडा गरेका थिए। धेरैवटा ग्राम पञ्चायत अनि पञ्चायत समितिको वार्डहरूमा जीत हाँसिल गर्न सफल बनेका छन् साथै धेरैवटा वार्डहरूमा बोर्ड गठन पनि गरेका छन्। निर्वाचित सदस्यहरूले वार्डवासी एंव पञ्चायत समितिको मतदाताहरूप्रति आभार जनाउने कार्यहरू गर्दै आईरहेका छन्।यसै क्रममा आज गठबन्धनले दवाई पानी धन्यवाद ज्ञापन समारोहको आयोजना गरेको थियो। आयोजित कार्यक्रममा स्थानीय वार्डवासीहरूको बाक्लो उपस्थिति रहेको थियो। निर्वाचित पञ्चायत समिति सदस्य निमन्त राईले वार्डवासी एंव मतदाताहरूप्रति आभार जनाउँदै चुनाव प्रचार प्रसारको अवधि आफुले जे जति वाचाहरू गरेका थिए ती सबै पूरा गर्ने पुन: दोहोराएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement