दुर्घटनामा मोटरबाइक सवार गम्भीर घाइते

de7f2e3c-0c0f-4604-a1aa-f732f28472f7

कालचिनीः भयावह मोटरबाइक दुर्घटनामा बाइक सवार गम्भीर घाइते बनेको छ। कालचिनीबाट चुवापाड़ातर्फ मोटरबाइकमा सवार भएर गईरहेको चुवापाड़ा निवासी सञ्जय छेत्री उमेर अनुमानिक ५२ बर्षको मोटरबाइक चुवापाड़ा र ८ नम्बरबीच हनुमान मन्दिर मोड़मा पुग्दा अचानक मोटरबाइक अनियन्त्रित भएर चिप्लिन्दा मोटरबाइक सवार सड़क मुनि खस्नु पुगेको थियो भने मोटरबाइक सवार सञ्जय छेत्रीको टाउकोमा हेलमेट भएकोले टाउकोमा चोट नलागेता पनि शरीरमा गम्भीर चोट पुगेक छ।
घटनास्थलमा कालचिनी थानाको प्रभारी टीएन लामा लगायत चुवापाड़ा समाजसेवी बिक्रम विश्वकर्मा र ८ नम्बर समाजसेवी सरिफ लामाको सहयोगितामा घाइतेलाई एम्बुलेन्समा हालेर उत्तर लोथाबारी ग्रामीण अस्पतालमा पुऱ्याएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement