चितुवाले चिथोरेर श्रमिक घाइते

d0923020-8027-441d-ad60-1f37de649e1c

कालचिनीः चियाकमानको सेक्सनमा काम गरिरहेको एकजना लाटो ५५ बर्षीय कमान श्रमिक अभिराज राईलाई कमानको नालाबाट निस्किएको एउटा चितुवाले चिथोरेर गम्भीर घाईते बनाएको घटना प्रकासमा आएको छ। घटना हो कालचिनी खण्डको डिमा आउट डिभिजन गंगुटिया चियाबारीको २१ नम्बर नयाँ सेक्सनको। मेलामा काम गरिरहेको समय हठात कमानको नालाबाट निस्किएको एउटा चितुवाले ५५ बर्षीय अभिराज राईलाई चितुवाले चिथोरेर गला र हात खुट्टामा चोट पुऱ्याएको थियो।
श्रमिकहरूको मदतमा घाईते श्रमिकलाई उत्तर लोथाबारी ग्रामीण अस्पतालमा पुऱ्याएको थियो भने त्यहाँ प्राथमिक उपचार गरेर घर फर्काएको बताईएको छ। यता बन विभागले घाईते श्रमिकको हरसम्भव मदत गरिने बन विभागले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement