गाड़ीधुरा नवदीप परिवारद्वारा शहीद मेजर दुर्गा मल्लको १०९औं जन्म जयन्ती पालन

Durga-Malla

खरसाङ: गाड़ीधुरा नवदीप परिवारद्वारा शहीद मेजर दुर्गा मल्लको १०९औं जन्म जयन्ती पालन गरियो। यसै संघद्वारा २०२१ मा निर्माण गरिएको भव्य शालिगमा संघका सदस्यहरू  उपस्थित भई शालिगमा फूलमाला चढ़ाएर साधरण रुपमा जन्मजयन्ती पालन गरियो। वर्षायामलाई मध्य नजर राखि कुनै भव्य कार्यक्रमको आयोजना नगरिएको संघका सदस्यहरुले जानकारी गराएl यसका साथै मणिपुरमा पैह्रोको चपेटामा परेर शहीद भएका भारतीय सेनामा कार्यरत गोर्खा सैनिकहरुलाई पनि श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारप्रति संघको तर्फबाट समवेदना प्रकट गरेका छन्। आजको यस जन्म जयन्ती कार्यक्रममा संघका सचिव रोशन विश्वकर्मा, कोषाध्यक्ष सुवास छेत्री, वरिष्ठ सदस्य डीके विश्वकर्मा, सदस्य संजोग रोका, कुणाल छेत्रीलगायत अन्य उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *