सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः एडमायोरा इलेभेन विजयी

photocollage_2023717194458777.jpg

१७ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा एडमायोरा इलेभेनले आफ्नो म्याच जित्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा सोमवार खेलिएको दोस्रो म्याचमा एडमायोरा इलेभेनले युनाइटेड ब्रदर्स भेटरन्स एफसी-लाई ४-२-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट रेहान्त सुब्बाले २ गोल गरे। यसबाहेक राजु छेत्री र निक गुरुङले १-१ गोल गरे। यसरी युनाइटेड ब्रदर्स भेटरन्सबाट लोपसांग भूटिया र पासंग शेर्पाले १-१ गोल गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement