विम्बल्डनः महिला युगलमा सीह सू-वेई र स्ट्राइकोवाले जितिन् खिताब

IMG-20230717-WA0309.jpg

१७ जुलाईः ताइवानकी सीह सू-वेई र चेक रिपब्लिककी बारबरा स्ट्राइकोवाले आइतवार बेल्जियमकी एलिस मर्टेन्स र अष्ट्रेलियाकी स्टर्म हण्टरकी जोड़ीलाई पराजित गरी दोस्रोपल्ट विम्बल्डन टेनिस च्याम्पियनशीपमा महिला युगलको खिताब जितिन्। सू-वेई र स्ट्राइकोवाकी जोड़ीले फाइनलमा बेल्जियम र अष्ट्रेलियाकी जोड़ीलाई सीधा सेटमा ७-५, ६-४-ले पराजित गरिन्। स्ट्राइकोवा आफ्नो छोरालाई जन्म दिएपछि सन्न्यासको फसेलालाई फिर्ता लिएर खेलमा फर्किएकी छन् तर उनले यो उनको अन्तिम विम्बल्डन च्याम्पियनशीप हुने संकेत दिएकी छन्। स्ट्राइकोवाले भनिन्, म यसभन्दा असल अन्तको आशा गर्न सक्दिनँ। मैले गत वर्ष सू-वेईलाई एकसाथ विम्बल्डन २०२३-मा खेल्ने प्रयास गरौं भनी म्यासेज गरेकी थिएँ। उनले मेरो विचारमा सहमति जनाइन्। हामी एकार्कासँग खेल्न मन पराउँछौं। अहिले ट्रफी लिएर साथमा उभिन पाउँदा खुशी छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement