मेचपाड़ाका बाढ़ पीड़ित परिवारहरूलाई राहत सामग्री साथै नगदी जीआर रासन वितरण

87abdcc0-bf7a-48ce-a7f5-aac8ca82c9e5

कालचिनीः मेचपाड़ा पक्का लाईनका बाढ़ पीड़ित परिवारहरूलाई सोमबार कालचिनी ब्लक प्रशासनबाट राहत स्वरूप नगदी जीआरको रुपमा ३०० रुपियाँ लगायत ५ किलोग्राम चामल, प्लास्टिक सेड, साड़ी र मच्छरदानी वितरण गरियो। कालचिनी बीडीओ प्रशान्त बर्मनको उपस्थिति एवम् गाउँले जनप्रतिनिधिहरूको सहयोगितामा उक्त राहत सामग्री वितरण गरिएको थियो। कालचिनी बीडीओ प्रशान्त बर्मनले ब्लक प्रशासनबाट बाढ़ पीड़ित परिवारहरूलाई राहत सामग्री साथै नगदी जीआर दिएको ताकि सब्जी बजार गरेर खान पकाई तुल्याई गर्न सकोस अझै जेजति मदत गर्न सकिन्छ त्यसको निम्ति जिल्ला प्रशासनको सल्लाहमा गरिने र मेचपाड़ामा बाढ़ रोकथाम गर्न पाना नदीमा बाँध निर्माणको टेन्डर पारित भएको र २ करोड़ १७ लाखको लागतमा बाँध निर्माण हुने र यदि गाउँलेहरूले सबै सकारात्मक सहयोगिता दिए तत्काल समस्या समाधान हुने जनाएका छन्।
यद्यपि राहत सामग्री वितरण अघि मेचपाड़ाका बासिन्दाहरूले प्लास्टिक बाँटेर हुँदैन पहिला बाँध निर्माणको पक्का कुरा गर्न पर्ने र बीडीओले गाउँको निरीक्षण गर्नु पर्ने माग राखेको थियो। गाउँलेहरूको दाबीलाई ध्यानमा राखेर बीडीओले पक्का लाईनका बाढ़ले क्षतिग्रस्त लाईन र घरहरू र नदीले भत्काएको नाला र खोलाको निरीक्षण गर्न पुगेको थियो। निरीक्षण पश्चात बीडीओको बाहुलीबाट गाउँलेहरूलाई नगद जीआर सहित रासन, प्लास्टिक सेड, मच्छरदानी र साड़ी वितरण गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement