लुटपाटको योजना बनाउने पाँच पक्राउ, धारिलो हतियार बरामद

495a2d34-25ce-4307-abb3-628cadd626a9

कोलकाताः बिजपुरको कञ्चरापारा कुलिया रोडबाट डकैती गर्ने ५ जनालाई पुलिसले पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार गएराति कञ्चरापाराको कुलिया रोड छेउछाउको इलाकाबाट लुटपाट गर्ने उद्देश्यले सबै जम्मा भएका थिए। सूचनाका आधारमा बिजपुर पुलिस चौकीले अपरेशन गरी ५ जना लुटेरालाई पक्राउ गरेको हो। पुलिसले आरोपीको साथबाट भोजली र छुरा बरामद गरेको छ। आज आरोपीहरूलाई ब्याराकपुर डिभिजनल कोर्टमा लगियो। आरोपी विरुद्ध धारा ३९९/४०२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement