तस्करी अघि लरी सहित २६ भैंसी बरामद, २ जना पक्राउ

53a50005-6144-4679-b7bd-b3747d058c1b

जलपाइगढी: म्यानागढी थानाको पुलिसले गोप्य स्रोतबाट सूचना पाएपछि एउटा लरी सहित २६ भैंसी बरामद गरेको छ। गोप्य स्रोतबाट सूचना पाएपछि पुलिसले सोमबार बिहान इन्दिरा मोड नजिकैबाट एउटा लरी नियन्त्रणमा लिएको थियो। पुलिसले उक्त गाडीबाट २६ वटा भैँसी बरामद गरी चालक र सहचालकलाई पक्राउ गरेको छ। भैँसीहरू लरीमा बिहारबाट असम ल्याइँदै आएको पुलिसको अनुमान छ। यसअघि गोप्य सूचनाका आधारमा पुलिसले इन्दिरा मोरमा लरीलाई नियन्त्रणमा लिएको थियो।

भैंसीलाई गोठमा राखिएको पुलिसले जनाएको छ। पक्राउ परेका चालक र सहचालकलाई पुलिसले सोमबार अदालतमा पेश गरेको छ। म्यानागढी थानाका आईसी तमल दासले भने, “दुवै आरोपीलाई अदालतमा पठाइएको छ, अनुसन्धान सुरु गरिएको छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement