सिलगढी। रिक्सा चालकहरू अहिले धेरै मर्कामा परेको छन्। अहिले मानिसहरू रिक्सा चड्न छोडेका छन्।समय बचत भन्दै रिक्सा लत्याएको कारण रिक्सावालाहरूको आर्थिक स्थिति झनै शोचनीय बनेर गएको छ।सवारीको अभावले गर्दा धेरै रिक्सा चालकहरूले रिक्सा चलाउन छोडेका छन्। रिक्सा चालकको यो स्थितिलाई देखेर नै यसपल्ट विशेष उनीहरूकै लागि एउटा पहल गरेको छ।रथयात्राको दिन समाजसेवीहरूद्वारा उनै रिक्साचालकहरूलाई सिलगढीको चिल्ड्रेन पार्कबाट रिक्सामा बसाएर सिलगढी बजारको परिक्रमा गराए।यसका साथै उनीहरूलाई केही खानेकुरा पनि दिए।यो पहल देखेर रिक्साचालकहरू धेरै खुसी भएका छन्।पुलिसकर्मी र सामाजिक कार्यकर्ता बापोन दासको पहलमा यो महत कार्य आज समपन्न भएको थियो।









