“पहाडको निम्ति हामीले ल्याएको राम्रो पञ्चायती व्यवस्था लाई अझ राम्रो बनाउने जिम्मेदारी अब तपाईंहरूको हातमा छ” अनित थापा
गोरुबथान: पञ्चायत चुनाउको परिणाम पश्चात पहाड़का ९ पञ्चायत समितिमध्ये ६ मा बीजीपिएमको बोर्ड र मिरिकमा संयुक्त गोर्खा गठबन्धनको बोर्ड तय थियो।
पेदोङ र गोरुबथान पञ्चायत समिति अनिश्चित रहेको थियो।आज २२ सदस्यहरु रहेको गोरुबथान पञ्चायत समितिमा पनि बीजीपिएमले बोर्ड बनाउने निश्चित रह्यो।सबै विजेताहरुलाई बधाई दिँदै पार्टी अध्यक्ष अनित थापाले भने, ” पञ्चायती व्यवस्था हाम्रो पहाडको निम्ति राम्रो हो। अब यो राम्रो पनि प्राय हाम्रै भयो। राम्रोलाई अझ राम्रो बनाउने जिम्मेदारी तपाईंहरूको हातमा सुम्पेका छौं। जनताको विश्वास अनि भरोसालाई नतोड्नुहोस्।” अब गोरुबथानमा पार्टीगत सदस्यहरूको संख्या यसप्रकार रहेको छ: भागोप्रमो-१२(+३), भाजपा-१, निर्दल-९ (-३) भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सदस्यहरु यसप्रकार रहेको छ:
१. स्मिता सोताङ (पाटेन् गोदोक)
२. सोनाम लेप्चा (कुमाई)
३. शरण राई (साम्सिङ)
४. मिङमा शेर्पा (गोरुबथान २)
५. सोनाम भुटिया (गोरुबथान २)
६. देवराज सुब्बा (रोङ्गो)
७. पञ्च कुमार राई (निम)
८. करुणा छेत्री (पोख्रेबुङ्)
९. सूर्य मणि राई ( दालिम)
१०. कुमार थापा (आहाले)
११. शिशिर प्रधान (गोरुबथान १)
१२. भोटु दर्नाल (गोरुबथान १)