सुकना भेटरन्स, एचएफए अफिसियल्स, घुम-जोरबंग्लो र दार्जीलिङ युनाइटेड ब्रदर्स विजयी

CollageMaker_202371715610349.jpg

१७ जुलाईः खरसाङको हिल्स फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित भेटरन्स (फोर्टी प्लस) फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच थियो। स्थानीय मण्टिभियट खेल मैदानमा खेलिएको पहिलो म्याचमा घुम -जोरबंग्लो भेटरन्सले लाटपञ्चर भेटरन्सलाई ७-०-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा कालीझोड़ा भेटरन्सको टीम नआउँदा दार्जीलिङ युनाइटेड ब्रदर्स भेटरन्सले वक्ओभर पायो। यसअघि शनिवार पनि दुईवटा म्याच खेलियो। पहिलो म्याचमा सुकना भेटरन्सले खरसाङ युनाइटेड भेटरन्सलाई २-१-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा हिल्स फूटबल एकाडमी अफिसियल्सले फेथ फूटबल क्लब, देविडांगालाई ३-०-ले पराजित गऱ्यो। यस सेभेन ए साइड भेटरन्स टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। भेटरन्स र महिला दुवै टुर्नामेण्टको फाइनल ६ अगस्तमा हुने हिल्स फूटबल एकाडमीका प्रमुख तथा राष्ट्रिय स्तरका फूटबलर नगेन तामाङले बताएका छन्। आमन्त्रणी महिला फूटबल टुर्नामेण्ट ३० जुलाईदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement