कोलकाता: महानगर कोलकाता समेत राज्यका अन्य हिस्साहरूमा यस साता पानी पर्ने क्रम जारी रहनेछ। यसका साथै तापक्रममा पनि कमी आउनेछ। अलीपुर स्थित मौसम विभागको क्षेत्रीय मुख्यालयको तर्फबाट सोमवार जारी बयानअनुसार, बिहान ३ बजेसम्म ३.९ मिलीमीटर वर्षा रेकर्ड गरिएको छ। हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा समेत उत्तर बंगालको अलीपुरद्वार, कोचबिहार, जलपाइगढ़ी, दार्जीलिङ, कालेबुङ, मालदा, झाड़ग्राम र अन्य जिल्लाहरूमा दिन-रात रोकिन्दै पानी पर्नेछ। यसले गर्दा तापक्रममा पनि कर्मी आउनेछ। यसबाट मानिसहरूलाई गर्मीबाट राहत प्राप्त हुनेछ। कोलकातामा सोमवार न्यूनतम तापक्रम २७.५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जबकि अधिकतम तापक्रम केवल ३१.६ डिग्री सेल्सियस छ, जुन सामान्यभऩ्दा एक डिग्री कम छ। बंगालको खाड़ीमा निम्न दबावको कारण चक्रवात तयार हुने सम्भावना छ। मंगलबार यसमा स्थिति स्पष्ट हुनेछ। यसले गर्दा अझ् अधिक पानी सम्भावना रहको छ।