जोकोविचको शासनको अन्त गर्दै विम्बल्डनमा खिताब जिते कार्लोस अल्काराजले

IMG-20230717-WA0238.jpg

१७ जुलाईः टेनिस जगतका युवा नक्षत्र कार्लोस अल्काराजले विम्बल्डन टेनिस च्याम्पियनशीपमा सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचको शासनको अन्त गरे। आइतवार राति खेलिएको पुरुष एकलको फाइनलमा स्पेनका अल्काराजले खिताब जितेर इतिहास रचे। बीस वर्षीय अल्काराजले चरम रोमाञ्चक फाइनलमा गत पाँचपल्ट खिताब जित्ने जोकोविचलाई १-६, ७-६ (८-६), ६-१, ३-६, ६-४-ले पराजित गरे। यस जीतको साथै अल्काराज विम्बल्डन च्याम्पियन बन्ने स्पेनका तेस्रो खेलाड़ी बने। यसअघि सेण्टानाले १९६६ र दिग्गज रफायल नडालले २००८ र २०१०-मा विम्बल्डनको खिताब जितेका थिए। अल्काराजको यो दोस्रो ग्राण्ड स्ल्याम खिताब हो। यसअघि उऩले २०२२-मा यूएस ओपनको खिताब जितेका थिए। यतिमात्र नभएर २०१७ पछि विम्बल्डनलाई नयाँ च्याम्पियन पनि हासिल भयो। साल २०१८, २०१९,२०२१ र २०२२-मा यहाँ जोकोविचले खिताब जितेका थिए जबकि २०२०-मा कोरोना महामारीले गर्दा च्याम्पियनशीपको आयोजन भएको थिएन। अल्काराजले विम्बल्डनको फाइनलमा जीतको साथ जोकोविचको लगातार ३४ वटा म्याच जित्ने रेकर्डमा पनि विराम लगाए। उनी बोरिस बेकर र ब्योन बर्गपछि विम्बल्डनमा खिताब जित्ने तेस्रो सबैभन्दा कम्ती उमेरमा खेलाड़ी पनि बने।
जोकोविचले गत एक दशकमा अल ईंग्ल्याण्ड लन टेनिस क्लबको सेण्टर कोर्टमा एउटा म्याच पनि हारेका थिएनन्। यसरी नै विम्बल्डनमा पहिलो सेट जितेपछि पनि उनले कुनै म्याच गुमाएका थिएनन् तर अल्काराजले यी सबै आँकड़ाहरूलाई एक कुनामा पन्साएर २३ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियनलाई पराजित गरे। यस हारपछि जोकोविचले अब आफ्नो २४औं ग्राण्ड स्ल्याम खिताबको निम्ति सालको अन्तमा हुने यूएस ओपनसम्म प्रतीक्षा गर्नु पर्नेछ। जोकोविच अष्ट्रेलियन ओपन र फ्रेञ्च ओपनको रूपमा सालको पहिलो दुईवटा ग्राण्ड स्ल्याम जितेर लण्डन आएका थिए तर अल्काराजले फाइनलमा जीतको साथ सर्बियाई दिग्गजको एक सालमा चारैवटा ग्राण्ड स्ल्याम जित्ने सपनालाई चकनाचूर पारे। स्पेनिश दिग्गज रफायल नडालका उत्तराधिकारी मानिने अल्काराजले फाइनलमा पहिलो सेट गुमाएपछि जोकोविचलाई हरेक पोइण्टको निम्ति संघर्ष गर्न वाध्य गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement