१७ जुलाईः बाघमारा बस्ती युथ क्लबको तत्त्वावधानमा तीनधारे महानदी समष्टि अन्तर्गत सिविटारको बाघमारा बस्तीमा आयोजित मिनी पोष्ट फूटबल टुर्नामेण्टमा जंगपाना र जोगमाया चियाबारीले सेमिफाइनलमा स्थान बनायो। आइतवार भएको पहिलो क्वार्टर फाइनल खेलमा जंगपानाको टीमले गुञ्जमान एफसी, सिविटार कोठी डाँड़ालाई पेनल्टी शूटआउटमा २-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। यसरी दोस्रो क्वार्टर फाइनलमा जोगमाया चियाबारीले रोहिनीलाई पराजित गऱ्यो। म्याचमा नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। त्यसपछि पेनल्टी शूटआउटमा पनि स्कोर ४-४-को बराबरीमा रहँदा टसको माध्यमले नतीजा निकालियो, जसमा भाग्य जोगमाया चियाबारीको पक्षमा रह्यो भनी आयोजक समितिको पक्षबाट रोहण लामाले जानकारी दिएका छन्।