अविनाश साबलेले पेरिस ओलम्पिकको निम्ति क्वालीफाई गरे

IMG-20230717-WA0249.jpg

१७ जुलाईः अविनाश साबलेले ३००० मीटर स्टीपलचेज स्पर्धामा आइतवार सिलेसिया डायमण्ड लीग मीटमा छैटौं स्थानमा रहेपछि २०२४ पेरिस ओलम्पिकको निम्ति क्वालीफाई गरे। राष्ट्रिय च्याम्पियन साबलेले ८ मिनट ११:६३ सेकेण्डको समय लिए, जुन उनको राष्ट्रिय रेकर्ड समय ८ मिनट ११:२० सेकेण्डभन्दा सामान्य अधिक हो। राष्ट्रिय रेकर्डमा सुधार गर्न नसके पनि उनले पेरिस ओलम्पिकको क्वालीफाईंग मार्क ८ मिनट १५ सेकेण्डलाई सजिलै हासिल गरे। साबले बाहेक २० किमी पैदल चालमा अक्षदीप सिंह, विकास सिंह र परमजीत सिंह बिष्टको साथमा महिलाहरूकी स्पर्धामा प्रियंका गोस्वामीले पनि पेरिस ओलम्पिकको निम्ति क्वालीफाई गरिसकेकी छन्। लंग जम्प एथलीट मुरली श्रीशंकरले पनि यी खेलहरूका क्वालीफिकेशन हासिल गरिसकेका छन्। साबलेले अगावै हंगेरीको बुडापेस्टमा हुने वर्ल्ड च्याम्पियनशीप (१९-२७ अगस्त)-को निम्ति क्वालीफाई गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement