अण्डर-१७ फूटबलः ग्रोन युनाइटेड र यूबीएफसी क्वार्टर फाइनलमा

photocollage_202371711242561.jpg

१७ जुलाईः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित अण्डर-१७ फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। दिनको पहिलो म्याचमा ग्रोन युनाइटेड, च्याँगाले युनाइटेड सिपाहीधुरा फूटबल क्लबलाई ३-०-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा युनाइट ब्याटलर्स फूटबल क्लबले मुण्डा बाँसघारी फूटबल क्लबलाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ४-४-को बराबरीमा रहेको थियो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement