कालेबुङ: कालेबुङ जिल्लाका १३ वटा समष्टि मध्ये ४३ समष्टिका ६ वटा ग्राम पंचायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा बोर्ड गठन गर्ने स्थितिमा रहेको छ। सम्भवत: ४३ गोरुबथान समष्टि मात्र यस्तो समष्टि हो जहाँ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-को सत्तारुढ दल भागोप्रमो आफ्नै बुतामा सबै ग्राम पंचायतमा बोर्ड गठन गर्न सक्षम बनेको छ। यहाँको गोरुबथान-१ ग्राम पंचायतमा ५ आसनमा सबैमा विजय बनेको छ। गोरुबथान २ ग्राम पंचायतको ५ आसन मध्ये ४ वटामा विजय बनेको छ। दालिम ग्राम पंचायतको ८ आसनमा ५ आसन, आहले ग्राम पंचायतको ८ आसनमा ७ आसन, पोख्रेबुङ ग्राम पंचायतको ५ आसनमा ४ आसन अनि नीम ग्राम पंचायतको ७ आसन मध्ये ४ वटा आसनमा विजय हासिल गरेर बोर्ड गठन गर्न सक्षम बनेको छ।