नागाल्याण्ड विसमा यूसीसी पारित भए विधायकहरूको आवास जलाइदिने धम्की, पाँच पक्राउ

00-1-Rashtriya-Samachar-11

डिमापुर (असम): एक स्वयम्भू संगठनले नागाल्याण्ड विधानसभामा समान नागरिक संहिता (यूसीसी) पारित भए राज्यका ६० विधायकहरू सरकारी आवासलाई जलाइदिने धम्की दिएको छ। सरकारले यसलाई गम्भीर रूपमा लिएको छ। धम्की दिएको आरोपमा पुलिसले डिमापुरबाट सम्बन्धित संगठनका शीर्ष पाँच पदाधिकारीहरूलाई पक्राउ गरेको छ। डिमापुरमा नागाल्याण्ड पुलिसका शीर्ष अधिकारीले बताए, उनीहरूले डिमापुर पूर्व पुलिस स्टेशनमा दर्ता एक मामिलामा पाँच व्यक्तिलाई पक्राउ गरेका छन्। गत ३० जूनमा ”नागाल्याण्ड ट्रान्सपेरेन्सी, पब्लिक राइट्स एडवोकेसी एण्ड डायरेक्ट एक्शन अर्गनाइजेशन” (एनटीपीआरएडीओ) नामक एक ”अपञ्जीकृत” संगठनले धम्कीपूर्ण सन्देश जारी गरेको थियो। सन्देशमा भनिएको छ, यदि १४औं नागाल्याण्ड विधानसभाले समान नागरिक संहिताको समर्थनमा बिल पास गरे राज्यका ६० जना विधायकहरूमाथि संकट आइपर्नेछ। उनीहरूको सरकारी आवासहरूमा आगो झोसिनेछ।

वास्तवमा संगठनले धम्कीपूर्ण सन्देश लगभग सबै विधायकहरूलाई पठाएको थियो। त्यसपछि राज्यका विभिन्न पुलिस स्टेशनहरूमा पुलिसले धम्की, विधायकहरू विरूद्ध अपराधिक षड़यन्त्र रच्ने, सरकारी सम्पत्तिलाई नष्ट बनाउने तथा शान्ति भंग गर्ने धम्की दिएको सम्बन्धमा धेरैवटा मामिला दर्ता गराएको थियो। पुलिस अधिकारीले बताए, पुलिसले संगठनसित सम्बन्धित मानिसहरूको पहिचान गर्नको लागि खोजी अभियान परिचालन गरेको छ। एउटा जाँच अभियान पश्चात डिमापुर पुलिसले सम्बन्धित आरोपहरूमा संगठनका अध्यक्ष माइकल टुंगो, महासचिव (सार्वजनिक नीति) इकाटो झिमोमी, महासचिव अल्बर्ट किरे, मुख्य सल्लाहकार ह्याथुंग टी लोथा औ राज्य कार्यकारी सदस्य टेमज़ेन मार एओ सहित पाँचजनालाई पक्राउ गरेको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement