गान्तोक: कृषि विज्ञान केन्द्रको पहलमा आज आइसीएआरको ९५औ स्थापना दिवस गेजिङमा भव्यरूपमा पालन गरियो। कार्यक्रमको उद्देश्य भारतीय कृषि अनुसन्धान परिषद्को समृद्ध विरासत मनाउने र कृषि क्षेत्रमा भएको प्राविधिक विकासलाई प्रकाश पार्नु रहेको थियो।कार्यक्रममा गेजिङ नगर पञ्चायतका अध्यक्ष देवेन्द्र शर्मा, पञ्चायत अध्यक्ष क्योङ्सा-तिक्जुक जीपीयू, पञ्चायत सदस्यहरू, स्वयं सहायता समूहहरू र गाउँका प्रगतिशील किसानहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गेजिङ नगर पञ्चायका अध्यक्ष देवेन्द्र शर्माले सर्वप्रथम यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिँदै आभार प्रकट गरे।
विशेष गरेर कार्यक्रममा यस क्षेत्रको कृषि विकास प्रवर्द्धनमा कृषि विज्ञान केन्द्र र यसको समर्पित टोलीको सामूहिक प्रयासको खुल्लारूपमा प्रशंसा पनि गरे। नवीनतम कृषि प्रविधि र आविष्कारहरू प्रदर्शन गर्न धेरै स्टलहरू स्थापना गरिएको थियो। किसानहरू र सहभागीहरूले कृषि विज्ञान केन्द्रले विशेषज्ञहरूसँग अन्तरक्रिया गर्ने र खेतीको निम्ति अभ्यासहरूमा यी प्रविधिहरूको व्यावहारिक कार्यान्वयन र फाइदाहरूको बारेमा जान्न अवसर पाएकोमा उनले खुशी प्रकट गरे।