भाजपाको निम्तोमा नेपालको सत्तारुढ माओवादी केन्द्रको पाँच सदस्यीय टोलीको भारत भ्रमण तय

00-1-bhus_538

काठमाडौं: भारतीय जनता पार्टीको नेतृत्वमा भारत भ्रमणमा जाने नेपालको सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुको नामको टुंगो लागेको छ। माओवादी केन्द्रले उपमहासचिव पम्फा भुषालको नेतृत्वमा पाँच सदस्यीय टोली तय गरेको हो। २३ जुलाईमा भारत भ्रमणमा जाने नेताहरुमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरु रामेश्वर राय यादव र सुरेशकुमार राई छन्। माओवादी केन्द्रका अनुसार भ्रमण ६ दिनको हुनेछ। टोलीले भाजपाका नेताहरुसँग भेट्ने कार्यक्रम रहेको छ। भाजपाले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध स्थापित गर्न भ्रमणको निम्तो दिन थालेको छ। सन् २०२१ मा कांग्रेस नेता डा. प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय टोली भाजपाको निम्तोमा भारत भ्रमणमा गएको थियो। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement