गोपेश्वर: उत्तराखण्डको भारतीय सीमावर्ती क्षेत्र नीती घाटीको मलारी सुमना क्षेत्रमा आइतबार फेरि एकपटक ग्लेशियर फाटेको घटना अघि आएको छ। ग्लेशियर फाटेकोले गिरथी नदीको जलस्तर बढ़ेको छ जसले गर्दा सीमावर्ती क्षेत्रलाई जोड़्ने पुल जोखिममा परेको छ। यदि यो पुललाई पानीले बगायो भने यस उपत्याकाका मानिसहरूको मुख्यालयसित सम्पर्क विच्छिन्न हुनेछ। तथापि आपदा परिचालन केन्द्रको भनाइ अनुसार क्षेत्रमा ग्लेशियर फाट्ने घटना सामान्य हो। स्मरण गराइन्छ, गत १० जुलाईको साँझ पनि नीती घाटीको मलारी क्षेत्रमा ग्लेशियर फाटेर नदीको जलस्तर बढ़ेको कारणले जुम्मा नजिक सीमावर्ती क्षेत्रलाई जोड़्ने पुल वास आउट भएको थियो जसले गर्दा क्षेत्रका १५ भन्दा अधिक गाउँहरूको सम्पर्क नै विच्छिन्न भएको थियो। गए शुक्रबार बीआरओले अस्थायी रूपमा पुल निर्माण गरिदिएर वाहनहरूको आवागमन सुचारू गरिदिएको भए पनि आइतवार फेरि ग्लेशियर फाटेर नदीको जलस्तर बढ़ेको कारणले अस्थायी पुल पनि बग्ने जोखिम बढ़ेको छ। -हिस