जितलाङ स्कूलमा दुई वर्षपछि नयाँ हेडमास्टर

IMG-20230716-WA0416.jpg

गान्तोक: अन्ततः लगभग दुई वर्ष पश्चात् जितलाङ जुनियर हाई स्कुलले हेडमास्टर पाएको छ। हिज शुक्रवार नवनियुक्त हेडमास्टर प्रकाश शर्मालाई स्कुलका शिक्षक शिक्षिकगण अनि स्कुल प्रबन्धन समितिका सदस्यहरुले स्कुलमा स्वागत जनाए। स्मरण गराइन्छ, बितेको दुई वर्षदेखि स्कुलमा पूर्णकालिक हेडमास्टर नभएकाले स्कुल कै एकजना सिनियर शिक्षक भूषण शर्माको निगरानीमा स्कुल सञ्चालन गरिँदै आएको थियो। नवनियुक्त हेडमास्टर प्रकाश शर्माको स्वागत कार्यक्रमसितै हिज स्कुलमा प्रबन्धान समितिको एउटा जरुरी सभा पनि डाकिएको थियो। सभामा स्थानीय गाउँले पञ्चायतहरु निम डोल्मा तामाङ, जुना रसाइली, स्कुल प्रबन्धन समितिका सल्लाहकार भुपाल बराइली, प्रबन्धन समितिका अन्य सदस्यगण, शिक्षक शिक्षिकाहरुको उपस्थिति थियो। आफ्नो सम्बोधनमा स्कुल प्रबन्धन समितिका अध्यक्ष नगेन्द्र शर्माले धेरै वर्षको लामो माग पछि सरकारले जितलाङ जुनियर हाई स्कुलमा नयाँ हेडमास्टर नियुक्त गरिदिएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि क्षेत्र विधायक तथा मन्त्री एलबी दास प्रति आभार एवं कृतज्ञता व्यक्त गरे। स्कुलको आगामी प्रगतिको कठोर परिश्रम गर्न पर्ने र विद्यार्थीहरुको अध्यापनमा जोर दिइनुपर्ने बताउँदै प्रबन्धन समितिका अध्यक्ष नगेन्द्र शर्माले यसको निम्ति प्रबन्धन समितिले उच्च निकायमा पुगेर भएपनि सहयोग पूर्‍याउने नवनियुक्त हेडमास्टरलाई बताए। सभाको अन्तमा स्कुलका सिनियर शिक्षक भूषण शर्माले नवनियुक्त हेडमास्टर प्रकाश शर्मालाई स्कुलको सम्पूर्ण दस्तावेज हस्तान्तरण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement