फ्रान्सेली सफ्रान र एचएएलले भारतमा बनाउनेछ नयाँ पिँढ़ीको हेलिकप्टर इञ्जन

Helicopter-Rep-Image

नयाँ दिल्ली: फ्रान्सेली कम्पनी सफ्रान र हिन्दुस्तान एयरोनटिक्स लिमिटेड (एचएएल)ले बेंगलुरूमा आफ्नो नयाँ संयुक्त उद्यम कम्पनी स्थापना गर्ने निर्णय लिएको छ। यहाँबाट नयाँ पिँढ़ीको हेलिकप्टर इञ्जनहरूको डिजाइन, विकास, उत्पादन एवं बिक्री गरिनेछ। कम्पनीको पहिलो उद्देश्य भारतीय रक्षा मन्त्रालय (एमओडी)-को लागि नयाँ पिँढ़ीको १३ टन भार भएको भारतीय मल्टी-रोल हेलिकप्टर (आईएमआरएच) बनाउनु हो। यसको नौसैनिक संस्करण डेक आधारित मल्टी-रोल हेलिकप्टर (डीबीएमआरएच) पनि बनाउनुछ। यो फ्रान्ससित भारतको पहिलो घरेलू इञ्जन डिजाइन अनि विनिर्माण संयुक्त उद्यम हुनेछ।

एचएएल र फ्रान्सेली कम्पनी सफ्रानबीच यस सम्बन्धमा विगत ८ जुलाई, २०२२ को दिन एक समझौता ज्ञापन (एमओयू)-मा तथा एयरो इण्डिया-२०२३ अवधि दुवै अंशदारहरूबीच वर्क शेयरमाथि एउटा सम्झौता गरिएको थियो। भारतीय र फ्रान्सेली एयरोस्पेस प्रमुखले विशेष रूपमा रक्षा प्रौद्योगिकीमा भारत सरकारको आत्मनिर्भर भारतको दृष्टिकोणलाई समर्थन गरिरहेका छन्। सफ्रान र एचएएलले यस हेलिकप्टर इञ्जनको संयुक्त उद्यमलाई आफ्नो सशक्त, सन्तुलित साथै बढ़्दो सम्बन्धमा एउटा स्वभाविक कदमको रूपमा हेरिरहेको छ। सफ्रान हेलिकप्टर इञ्जनका सीईओ सेड्रिक गबेटले भने, ‘हामी भारतीय बजार अनि भविष्यका निर्यात अवसरहरूको लागि यस नयाँ टर्बोशफ्ट इञ्जन संयुक्त उद्यमलाई स्थापित गर्नको लागि एचएएल र भारतसित साझेदारी गरेर वास्तवमै उत्साहित भएका छौं। यो हाम्रो दुई कम्पनीबीच मात्र नभएर भारत र फ्रान्सबीच लामो समयदेखि कायम सम्बन्धको लागि पनि एउटा महत्वपूर्ण मोड़ हो। हामी मिलेर भारतमा नयाँ हेलिकप्टर इञ्जनहरूको डिजाइन र उत्पादन गर्नुमाथि गर्व गर्दछौंl’

यसरी नै एचएएलका सीएमडी सीबी अनन्तकृष्णनले भने, ‘सफ्रान हेलिकप्टर विगत कैयौं दशकदेखि नै हाम्रो मूल्यवान अंशदार रहिआएको छ। हामीले १५ भन्दा अधिक प्रकारका विमान अनि हेलिकप्टरहरूको इञ्जन निर्माणमा एचएएलको अनुभव तथा टर्बोशफ्ट इञ्जन डिजाइन गर्नमा सफ्रान हेलिकप्टर इञ्जनको विशेषताको लाभ उठाउँदै एउटा नयाँ यात्रा शुरू गरेका छौं जसको उद्देश्य आईएमआरएच र डीबीएमआरएचमाथि तत्काल ध्यान केन्द्रित गर्दै भारतमा टर्बोशफ्ट इञ्जनहरूको सहविकास र सहउत्पादन गर्नु हो। यो साझेदारीले आत्मनिर्भर भारतको दृष्टिकोणलाई साकार बनाउने दिशामा भारतीय रक्षा विनिर्माण पारिस्थितिकी तन्त्रलाई सामेल गर्नेछl’ –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement