नयाँ दिल्ली: केन्द्र सरकारको भनाइ छ, टमाटर ९० रुपियाँ प्रतिकिलोग्राम छुट दरमा बेच्नाले स्थितिमा सुधार आएको छ। यसबाट टमाटरको थोक मूल्यमा ह्रास आएको छ। उपभोक्ता मामिला, खाद्य एवं सार्वजनिक वितरण मन्त्रालयअनुसार सरकार उपभोक्ताहरूलाई राहत प्रदान गर्न प्रतिबद्ध छ। मन्त्रालयको भनाइ छ, देशभरिका ५०० भन्दा अधिक स्थानहरूको पुनः अनुमानको आधारमा आइतबारदेखि टमाटरलाई ८० रुपियाँ प्रतिकिलोग्राम बेच्ने निर्णय लिइएको छ। न्याफेड र एनसीसीएफको माध्यमबाट दिल्ली, नोएडा, लखनऊ, कानपुर, वाराणसी, पटना, मुजफ्फरपुर र आराका कतिपय स्थानहरूमा आइतबारदेखि बिक्री गर्न थालिएको छ। वर्तमान बजार मूल्यको आधारमा सोमबारदेखि यसलाई अन्य शहरहरूमा पनि विस्तार गरिनेछ। -हिस