अमेरिकाको अलास्काको तटीय क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प आएपछि सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले यो जानकारी दिएको हो। युएसजीएसका अनुसार भूकम्पपछि अलास्काका केही क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। युएसजीएसले भूकम्पको झट्का आलुशान टापु, अलास्का प्रायद्वीप, कुक इनलेट क्षेत्रमा महसुस भएको जनाएको छ। यूएसजीएसले भूकम्प जमिनको ९.३ किलोमिटर गहिराइमा गएको जनाएको छ।