नेपालको भंगहादेखि विहारको जयनगरसम्म रेलसेवा शुरू

00-1-Nepal-Train-1

काठमाडौं: नेपालको महोत्तरी जिल्लाको भंगहादेखि बिहारको जयनगरसम्म रेलसेवा शुरू भएको छ। आइतबार नेपालका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले रेलसेवा शुभारम्भ गरेका हुन्। धनुषा जिल्लाको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटर रेल सेवा संचालन हुँदै आएकोमा अब १७ किलोमिटर सेवा विस्तार भएको हो। अब ५२ किलोमिटर भंगहा जयनगर र जयनगर भंगहा यात्रुवाहक रेल गुड्नेछ। ब्रोडगेज दुई सेट रेल २०२२ बाट संचालनमा आएको हो। रेल सेवा आउने जाने गरी दिनको चारपटक संचालनमा रहेको छ। भंगाहा स्टेशनबाट रेल दुईपटक जयनगरसम्म आउने जाने गर्ने रेल विभागले जनाएको छ। कुर्थाबाट आउने जाने गरी ६ पटक संचालनमा रहने जनाइएको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement