गाड़ीधुरा विजयी

photocollage_2023716211451325.jpg

१६ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा गाड़ीधुराको टीमले आफ्नो म्याच जित्यो। आइतवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा गाड़ीधुराले नक्सलबारीलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रणेश प्रधानले ३३औं र ५५औं मिनटमा २ गोल गरे। यसबाहेक शुभम तामाङले ३६औं मिनटमा १ गोल गरे। यसरी नक्सलबारीबाट कृष्ण छेत्रीले ५८औं मिनटमा १ गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement