भाजपा गोपालधारा शाखाद्वारा धन्यवाद कार्यक्रमको आयोजना

gopa-1024x619.jpg

मिरिक: आज भाजपा गोपालधारा शाखाको आयोजनामा धन्यवाद कार्यक्रमको आयोजना गरियो। यो कार्यक्रममा गत पञ्चायत चुनाउमा राङभाङ गोपालधारा ग्राम पञ्चायतमा गठबन्धन दलको पक्षमा जीत हासिल गर्ने सियोक र गोपालधाराका विजयी प्रार्थीहरू क्रमैले अमित छेत्री, संगम राई, छुल्टीम लामा, नितेन सेवा, पासाङ शेर्पा, भारती प्रधान लगायत पञ्चायत समितिका निर्वाचित सदस्य रोशनी सुब्बा लेप्चालाई खदा लगाइदिएर नागरिक अभिनन्दन तथा बधाई दिइयो। यस कार्यक्रममा नेपाली संगीत जगतका ख्यातीप्राप्त लोकप्रिय गायक जितेन लेप्चा साथै भाजपाका पराजित उम्मेद्वार सुर्येन गुरुङ पनि विशेष रूपमा उपस्थित थिए।

About Author

Advertisement