आजदेखि खरसाङमा प्लास्टिकको प्रयोगमाथि पूर्ण रूपमा प्रतिबन्द

IMG-20220701-WA0158.jpg

खरसाङ: आजदेखि खरसाङमा प्लास्टिकको प्रयोगमाथि प्रतिबन्द लगाइएको छ। खरसाङ नगरपालिकाले पहिलेबाटै १ जिलाईदेखि खरसाङमा प्लास्टिकको प्रयोगमाथि प्रतिबन्द लगाइएको जानकारी गराएको थियो। त्यसैको आधारमा आज खरसाङ नगरपालिकाको पहलमा भाइस चेयरम्यान सुवास प्रधान, नगरपालिकाको सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बा लगायत सोलिड वेस्ट म्यानेजमेन्ट प्रोजेक्ट अन्तर्गत हेजली कम्पनीको प्रतिनिधिहरू मिलेर संयुक्त रुपमा खरसाङ बजारको निरीक्षण गरेका थिए। आज खरसाङ बजारको दोकानहरूमा पाइएको प्लास्टिकको सामानहरूलाई देकानबाट उठाइएको छ भने दोकानतिर पाइएको प्लास्टिकको सामानहरू पहिलो दिन भएकोले माफी गरिएको र अब दोकानहरूतिर पुन: प्लास्टिकक सामानहरू पाइएको खण्डमा जरिमाना लगाइने अथवा प्रशासनिक रुपमा कार्वाही पनि गरिने जानकारी प्राप्त भएको छ। अाजदेखि खरसाङमा प्लास्टिकको प्रयोगमाथि पूर्ण रूपमा प्रतिबन्द लगाइएको छ। उक्त टिमले संयुक्त रुपमा खरसाङ बजारको विभिन्न दोकानहरूतिर निरीक्षण गरी प्लास्टिकको प्रयोगमाथि प्रतिबन्द लगाउने कार्य गरेका छन्। यस विषयमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै हामीले पहिलेबाटै मिडियामामार्फत् अनि माईकिङ गरेर खरसाङमा प्लास्टिकको प्रयोगमाथि १ जुलाईदेखि प्रतिबन्द लगाइएको जानकारी गराएका थियौं र त्यसैको आधारमा आज हामीले खरसाङ बजारको विभिन्न दोकानहरूमा निरीक्षण गरेको र प्लास्टिकक प्रयोग बन्द गरिएको पाइएको अनि कतिवटा दोकानहरूमा प्लास्टिक पाइएको र ती सबैलाई हामीले जफ्त गरेका बताउँदै अब फेरि पाइएमा कार्वाही गरिने बताएका छन्। प्रधानले प्लास्टिकक प्रयोग बन्द गर्नलाई प्रशासनक पनि साहारा लिने बताउँदै हामी आफैले शहरलाई स्वच्छ, सुन्दर बनाउनुपर्छ कारण खरसाङ हाम्रो आफ्नै ठाउँ हो भनी बताएका छन्। उनले कस्तो कस्तो प्लास्टिकको सामानहरू बन्द गर्नु पर्ने हो त्यो सरकारको निर्देशन अनुसार नै जनतालाई जानकारी गराउने बताए।

भाइस चेयरम्यान सुवास प्रधानले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा अब कसैले पनि प्लास्टिकको प्रयोग गरेको पाइए वा कुनै दोकानले पनि प्लास्टिकको प्रयोग गरिएको पाइए सरकारको निर्देशन अनुसार नै कार्वाही गरिने बताए। उनले अहिलेको जनतालाई थाहा छ प्लास्टिकको प्रयोगले गर्दा के प्रभाव पर्छ भनेर भन्दै खरसाङ बजारलाई स्वच्छ र सुन्दर बनाउन हामी कटिबध्द छौं भनी बताए। उनले प्लास्टिकको बदलामा के प्रयोग गरिने भन्ने विषयमा बेरोजगारहरूले रोजगार पाउने हिसाबले कार्य गरिने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement