पर्मागढी तामसाङ ग्राम पञ्चायत बोर्ड गठन गर्ने स्वतन्त्र निर्वाचित सदस्यहरूले लिए निर्णय

IMG-20230716-WA0398.jpg

रूपियाँ पैसाको प्रलोभन देखाएर किन्ने प्रयास नगरी दिनुहोस: मनिता गुरूङ शेर्पा

दार्जीलिङ: किनबेचको कुरा नगरी दिने निर्वाचित स्वतन्त्र सदस्यहरूले आह्वान् गरेका छन्। पर्मागढी तामसाङ ग्राम पञ्चायत क्षेत्रको स्वतन्त्र निर्वाचित सदस्यहरूको एक बैठक सम्पन्न भयो। आयोजित बैठकमा निर्वाचित स्वतन्त्र सदस्यहरूले पर्मागढी तामसाङ ग्राम पञ्चायत गठन गर्ने निर्णय लिएका छन्। सभापछि पर्मागढी तामसाङ ग्राम पञ्चायतको निर्वाचित समिति सदस्य मनिता गुरूङ शेर्पाले तपाईहरूको बहुमूल्य भोट पाएर म पञ्चायत समिति सदस्य निर्वाचित भएकी छु। आफु लगायत चारजना स्वतन्त्र निर्वाचित सदस्यहरूले चुनाव अवधि हामीले निर्वाचित भएको खण्डमा स्वतन्त्र रहेर नै आफ्नो गाउँ र क्षेत्रको विकास गर्ने जो वाचा गरेका थियौं अनि उक्त वाचाप्रति हामी वचनबद्व छौं।आजको बैठकमा हामीले स्वतन्त्र निर्वाचित सदस्यहरूले पर्मागढी तामसाङ ग्राम पञ्चायत बोर्ड गठन गर्ने निर्णय लिएका छौं। त्यसकारण कुनै राजनैतिक दल एंव नेतृत्वहरूले हाम्रो कुनै पनि स्वतन्त्र निर्वाचित सदस्यहरूलाई रूपियाँ पैसाको प्रलोभन देखाएर किन्ने प्रयास नगरी दिने स्वतन्त्र निर्वाचित सदस्य मनिता गुरूङ शेर्पाले आह्वान् गरेका छन्।उनले हामी स्वतन्त्र रूपमा चुनावी मैदानमा ओर्लिएका थियौं अनि पाँच वर्षसम्म हामी स्वतन्त्र बस्ने छौं। हाम्रो कार्यमा हस्तक्षेप नगरी मनिता गुरूङ शेर्पाले पूनः अनुरोध गरेकी छिन्। हामीले जनताको सेवा र आफ्नो क्षेत्रको विकाश गर्नलाई स्वतन्त्र उम्मेद्वारको रूपमा चुनावी मैदानमा ओर्लिएका थियौं अनि हामी स्वतन्त्र निर्वाचित सदस्य भएर नै आफ्नो गाउँ र क्षेत्रको विकाश गर्ने छौं उनले भनिन्।हाम्रो गाउँ एंव क्षेत्रमा अहिले शान्ती छाएको छ, किनबेचको कुरा गरेर हाम्रो गाउँ र क्षेत्रको शान्ति श्रृखलालाई भङ्ग गर्ने प्रयास नगरी दिनु होस, किनबेचको कुरा गर्दा तपाईहरूप्रति कुनै प्रकारको अप्रिय घटनाहरू घटेको त्यसको दाही स्वयम तपाईहरू नै हुनु हुनेछ मनिता गुरूङले भने। उनले अघि भनिन् हामी पाँचजना सबै स्वतन्त्र उम्मेद्वारको रूपमा चुनावी मैदानमा ओर्लिएका थियौं अनि हामीलाई स्वतन्त्र रूपमा रहनु दिनु होस अनि हाम्रो स्वतन्त्र एकतालाई तोड्ने प्रयास नगरी दिनु होस मनिता गुरूङ शेर्पाले भनिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement