निर्वाचित सदस्यहरूको हक र अधिकारलाई इन्द्रेको बाउ चन्द्रेले पनि रोक्न सक्दैन: सन्नी बम्जन
दार्जीलिङ: निर्वाचित सदस्यहरूको हक र अधिकारलाई इन्द्रेको बाउ चन्द्रेले पनि रोक्ने नसक्ने हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता एंव क्षेत्रीय सभासद सन्नी बम्जनले बताएका छन्। तकदाह टिष्टा भ्याली समष्टि अन्तर्गत गेल स्कूलको सार्वजनिक भवनमा हाम्रो पार्टीले धन्यवाद ज्ञापन समारोहको आयोजना गरेको थियो। आयोजित समारोहमा हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता एंव क्षेत्रीय सभासद सन्नी बम्जन विशेष रूपमा उपस्थित रहेको थियो। त्यसरी नै पार्टीको समष्टि महासचिव निर्वाचित पञ्चायत समिति सदस्य ऐलीजाबेथ योञ्जन, निर्वाचित स्वतन्त्र ग्राम पञ्चायत सदस्य कृतिका राई लगायत समर्थकहरूको अपार उपस्थिति रहेको थियो। आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता एंव क्षेत्रीय सभासद सन्नी बम्जनले गत केही दिन अघि सम्पन्न भएको पञ्चायत चुनावमा आफ्नो गाउँ र आफ्नो ठाउँको विकास गर्छु भन्ने संकल्प लिएर स्वतन्त्र उम्मेद्वारको रूपमा धेरै उम्मेद्वारहरू चुनावी मैदानमा ओर्लिएका थिए अनि ती स्वतन्त्र उम्मेद्वारहरूले गाउँलेहरूलाई आफुले जीतेको खण्डमा निर्वाचित स्वतन्त्र सदस्य भएर नै आफ्नो गाउँ र क्षेत्रको विकास गर्ने वाचाहरू गरेका थिए। स्वतन्त्र उम्मेद्वारहरूको वचनमाथि आस्था र भरोसा राखेर गाउँलेहरूले आफ्नो बहुमूल्य भोट दिएर विजय भएका थिए। तर अहिले उनीहरू रूपियाँ पैसाको प्रलोभनमा परेर अन्य राजनैतिक दलमा सामेल भएको घटनाले गाउँलेहरू निकै आक्रोशित बनेको खबरहरू हामीले समाजिक सञ्जालहरूमा देख्न पाईरहेका छौं सभासद बम्जनले बताए। उनले अघि भने, हाम्रो कृतिका राईले गाउँलेहरूको आस्था र भरोसाहरूलाई तोड्ने काम गरेको छैन साथै गर्दैन भन्ने आफुलाई विश्वास भएको सभासद बम्जनले बताए। पहाडको सत्ताधारी राजनैतिक पार्टीको नेतृत्वहरूले स्वतन्त्र निर्वाचित सदस्यहरूले सत्ताधारी पार्टीमा सामेल नभए गाउँको विकाश गर्न सक्दैन भन्ने आदि जस्ता बगम्फुसे कुराहरू गरी रहेको छ। पञ्चायती ब्यवस्था भनेको संवैधानिक व्यवस्था हो, निर्वाचित सदस्यहरूले आफ्नो गाउँ र ठाउँहरूको विकाश गर्नलाई सरकारद्वारा तयारी गरिएको योजनाहरू उपलब्ध गराउँनै पर्छ, यदि उनीहरूले निर्वाचित सदस्यहरूलाई आफ्नो हक र अधिकारदेखि बंचित गराउँने जस्ता षडयन्त्र गर्छ भने हामी चूप लागेर बस्ने छैनौ सभासद बम्जनले भने। उनले अझ भने स्वतन्त्र निर्वाचित सदस्यहरू स्वतन्त्र भएर नै बस्नु होस अनि आफ्नो गाउँ र क्षेत्रको विकाश गर्नु होस सभासद बम्जनले भने।

आयोजित धन्यवाद समारोहमा उपस्थित मतदाताहरू साथै भीडलाई हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता एंव क्षेत्रिया सभासद सन्नी बम्जनले आभार जनाए। धन्यवाद समारोहलाई अझ रोचक बनाउन विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रमहरूको आयोजना पनि गरिएको थियो।