विधायक पिन्छो नामग्याल लेप्चाले गरे कृषि मेलाको उद्घाटन

pincho_569

गान्तोकः जङ्गु निर्वाचन क्षेत्रका विधायक एवम् विद्युत विभागका अध्यक्ष पिन्छो नामग्याल लेप्चाले भारतीय कृषि अनुसन्धान परिषद (आईसीएआर) को ९५औं वार्षिकोत्सवको अवसरमा तीन दिवसीय वार्षिक प्रविधि सप्ताह एवम् कृषि मेलाको उद्घाटन गरे। मंगन जिल्लाको कृषि विज्ञान केन्द्रमा आयोजित यस कार्यक्रममा वरिष्ठ वैज्ञानिक एवम् कृषि विभागका निर्देशक टीटी भोटिया, अतिरिक्त निर्देशक डा. दिछेन कल्योण लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक पिन्छो नामग्याल लेप्चाले भारतीय कृषि अनुसन्धान परिषदको ९५औं स्थापना दिवसको अवसरमा सबैलाई हार्दिक बधाई एवम् शुभकामना दिँदै यस प्रकारको कार्यक्रममा उपस्थित हुने अवसर प्राप्त भएकोमा कृतज्ञता प्रकट गरे। उनले प्रगतिशील कृषकहरुको प्रयासको प्रशंसा गर्दै जिल्लाका युवाहरूलाई कृषि क्षेत्रमा दिगो र लाभदायक विकासको सम्भावनाबारे विस्तृतरूपमा जानकारी गराए।

स्थानीय उत्पादनको प्रवर्द्धनका साथै युवामा आत्मनिर्भरताको मूल्य अभिवृद्धि गर्न बजारको आवश्यकता रहेको उनले अवगत गराए। यी क्षेत्रहरूमा थप विकासको आशा व्यक्त गर्दै उनले यस कार्यक्रमबाट धेरै लाभ लिन र कुनै पनि जिज्ञासाको लागि सम्बन्धित अधिकारीहरूसँग सम्पर्क गर्न उपस्थित सबैलाई आग्रह गरे।

कार्यक्रममा सम्वन्धित विभागका प्रतिनिधिहरूले आ-आफ्नो विभागका विभिन्न योजना र प्रोत्साहनकाबारेमा संक्षिप्तरूपमा जानकारी गराए। वर्तमान परिपेक्ष्यमा गाईवस्तुमा लाग्ने लम्पी छाला रोग सम्बन्धी विषयहरूमा पनि विस्तृतरूपमा अवगत गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *