प्रेस क्लबको स्थापना दिवसमा राज्यपालले दिए शुभकामना

governor._708

गान्तोकः राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले प्रेस क्लब अफ् सिक्किमको २१औं स्थापना दिवसको अवसरमा राज्यका सम्पूर्ण पत्रकारहरूलाई हार्दिक बधाई साथै शुभकामना दिएका छन्। राज्यपालले हाम्रो समाजमा मीडियालाई ऐनाकोरूपमा हेर्ने गरेको, जसले सच्चाई र न्यायलाई अघि ल्याउने कार्य गर्दै आइरहेको बताएका छन्।

यसका साथै मीडियाले जनताको अधिकारलाई पनि सुनिश्चित गर्ने बताएका छन्। यस अवसरमा राज्यपालले प्रेस क्लब अफ् सिक्किमका सम्पूर्ण सदस्यहरूलाई बधाई दिए जसले लोकतन्त्रको चौथो स्तम्भकोरूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन्। राज्यका सबै मीडियाहरूले आफ्नो प्रभावशालीलाई बढावा दिँदै समाजको सेवामा प्रतिवद्धता रहेका काम गर्ने अपेक्षा गरेका छन्।

सोही प्रकारले उनले प्रेस क्लव अफ् सिक्किमको २१औं स्थापना दिवसको अवसर विभिन्न पुरस्कारले सम्मानित हुने सबै पत्रकारहरूलाई हार्दिख बधाई साथै शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement