सोरेङ जिल्लाका अधिकारीहरूले गरे रेशी जलविद्युत परियोजनाको निरीक्षण

nhpc_846

गान्तोकः सोरेङ जिल्लाका महकुमा अधिकारी (मुख्यालय) डीआर विष्ट, महकुमा अधिकारी सनी खरेल, वन विभागका प्रतिनिधि, पुलिस विभागका अधिकारी लगायत एनएचपीसीका अध्यक्षले रेशी नदीमा सञ्चालित १२० मेगावट जल विद्युत परियोजनाको निरीक्षण गरे। निरीक्षणको क्रममा अधिकारीहरूले विकासको आंकलन गर्दै आपदा प्रबन्धन बाँध सुरक्षा अधिनियम २०२१ अन्तर्गत नियमको पालन साथै गृह विभागद्वारा वर्ष २०१५ माजारी गरिएको अधिसूचनालाई व्यवहारमा ल्याएको छ की छैन् भन्नेबारे जाँच गरे।

जलविद्युत परियोजनामा सार्वजनिक सुरक्षा हेतु जारी गरिएको सरकारको दिशानिर्देशबारे पनि कम्पनीले पालन गऱ्यो कि गरेको छैन् भन्नेबारे जानकारी लिएको छ। टोलीले उक्त कम्पनीलाई स्थानीयहरूको सुरक्षा हेतु सरकारद्वारा जारी गरिएको नियम र दिशानिर्देशलाई कढाइकासाथमा पालन गर्नुपर्ने कडारूपमा निर्देश दिएको बताइएको छ। सोही प्रकारले निरीक्षण टोलीले बाँध निर्माण गरिएको स्थल, टनल आदिको पनि निरीक्षण गरेको जानकारी गराइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement