रम्फू-रोड़ाथाङ सड़कमा विरुवारोपण कार्यक्रम

IMG-20230716-WA0417.jpg

गान्तोक: एल्केम फाउण्डेशनको सहयोगमा राज्यको वन तथा पर्यावरण विभागको रम्फू टेरोटेरियलद्वारा आज रम्फू रोड़ाथाङ सड़कमाझ चार माइलमा एक दिवसीय विरुवारोपण कार्यक्रम सम्पन्न भयो। यस अवसरमा डीएफओ आरती बस्नेत मुख्य अतिथिको रूपमा उपस्थित रहेकी थिइन्। उनीसँगै एल्केमका उपाध्यक्ष आर. चकिलम, पञ्चायतगण, विभागका अधिकारीहरू, स्थानीय नागरिक समाजका प्रतिनिधिहरू अनि मेरो रुख मेरो सन्तति योजनाका २१ शिशुका अभिभावकहरू लगायत अन्यको उपस्थिति रहेको थियो। उनीहरूलाई प्रमाण-पत्र पनि प्रदान गरियो। आजको कार्यक्रममा विविध प्रजातिका विरुवाहरू रोप्ने कार्य गरियो, जसमा एल्केम अनि वन विभागका अधिकारीहरूको सहभागिता रहेको थियो।

मुख्य अतिथि डीएफओ आरती बस्नेतले मेरो रुख मेरो सन्तति कार्यक्रम अन्तर्गत २१ लाभार्थी परिवारसँग अन्तर्क्रिया गर्दै वर्तमान र भावी पुस्ताको निम्ति वातावरण संरक्षण र स्वस्थ पारिस्थितिकी प्रणाली निर्माण गर्न विरुवारोपण महत्वपूर्ण रहेको बताए। उनले स्थानीय इकोसिस्टमसँग मिल्ने स्थानीय प्रजातिका विरुवा रोप्नुपर्ने आवश्यकता र राज्यको प्राकृतिक सम्पदाको संरक्षण गर्नु समाजका प्रत्येक सदस्यको दायित्व रहेको कुरा दोहोर्‍याइन्। यसरी नै एल्केमका उपाध्यक्ष आर. चकिलमले आफ्नो छोटो सम्बोधनमा एल्केम ल्याबोरेटरिज लिमिटेडले आफ्नो ५० वर्षको वार्षिकोत्सव मनाइरहेको जानकारी गराए। स्वर्ण जयन्ती उत्सवको प्रतीकको रूपमा एल्केमको व्यवस्थापनले प्यान इण्डियामा ५० हजार बिरुवा रोप्न पहल गरेको जानकारी गराए। वन विभागको सहयोगमा एल्केमका कूल २०० कर्मचारीहरूले दुई हजार विरुवा रोप्ने निर्णय लिएको उनले अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement