गेजिङः कृषि विज्ञान केन्द्र, गेजिङले ९५औं आईसीएआर स्थापना दिवस र प्रौद्योगिकी दिवसको अवसरमा भव्य कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रमको उद्देश्य आईसीएआरको समृद्ध विरासतको खुशी मनाउन र कृषि क्षेत्रमा प्राविधिक विकासलाई उजागर गर्नु रहेको थियो।
कार्यक्रममा गेजिङ नगर पञ्चायतका सभापति देवेन्द्र शर्मा, क्योङ्गसा-तिक्जुक जीपीयूका पञ्चायत सभापति, पञ्चायत सदस्यहरू तथा विभिन्न गाउॅंबाट एसएचजी एवं प्रगतिशील कृषकहरू उपस्थित थिए।
नगर पञ्चायतका सभापति देवेन्द्र शर्माले आफ्नो सम्बोधनमा कार्यक्रम आयोजनका लागि आयोजकप्रति आभार व्यक्त गरे। उनले क्षेत्रमा कृषि विकासको प्रवर्द्धनको निम्ति केवीके र यसको समर्पित टोलीको सामूहिक प्रयासहरूको साक्षी बन्ने यस आयोजनको सराहना गरे।
कार्यक्रममा आधुनिक कृषि प्रविधिहरू र नवोन्मेष प्रदर्शित गर्न स्टलहरू लगाएको थियो। कृषक र प्रतिभागीहरूले केवीके विशेषज्ञहरूसॅंग अन्तरक्रिया गर्ने अवसर पनि पाएका थिए। यस अवसरमा केवीकेले मल्ली-आचिङको सनफ्लावर एसएचजीलाई नवीन कृषि अभ्यासहरू प्रवर्द्धनका लागि सम्मान जनायो।
-हिस