भाजपाका विजयी उम्मेदवारको अपहरण गरिने प्रयास

00-1-Rajya-Samachar-15

मालदाः मालदा जिल्लाको हबीबपुरमा शनिवार राति पञ्चायत समितिमा भाजपाका विजयी उम्मेदवारको अपहरण गरिने प्रयास भएको छ। भाजपा कार्यकर्ताहरू र सर्थकहरूले यसको विरोधमा अबेर रातिसम्म हबीबपुर थाना बाहिर प्रदर्शन गरे।

वस्तुतः मालदा जिल्लामा केवल हबीबपुर पञ्चायत समितिमा भाजपालाई बहुमत हासिल भएको छ। भाजपाको सीट नम्बर २८ का विजयी उम्मेदवार सुदीप्त बोसलाई बाटोबाटै अपहरण गरिएको आरोप छ। भाजपा सदस्यले दाबी गरे, तीन अज्ञात युवकहरूले भाजपा पञ्चायत समिति सदस्यलाई उठाएर गुप्त ठेगानामा राखे। उनीमाथि तृणमूलमा सामेल हुने दबाउ बनाइएको पनि आरोप छ। तब भाजपा समर्थकहरूले उनलाई बचाए। त्यहाँबाट पुलिसले भाजपाका पञ्चायत समिति सदस्यलाई हबीबपुर थाना लग्यो। भाजपाले आरोप लगाएको छ, पञ्चायत समिति सदस्यलाई रातिसम्म थानामा राखियो।

पार्टीको पञ्चायत समिति सदस्यको अपहरणको प्रयासको पछाड़ी तृणमूल कांग्रेस र पुलिसको एक वर्गको हात थियो। भाजपा पञ्चायत समिति सदस्यलाई थानाबाट छोड्ने माग लिएर भाजपा कार्यकर्ताहरू र समर्थकहरूले राति थाना बाहिर विरोध प्रदर्शन गरे। भाजपाको मालदा उत्तर जिल्ला अध्य़क्ष उज्जवल दत्तको नेतृत्वमा विरोध प्रदर्शन शुरू भयो। अन्ततः अबेर राति भाजपा पञ्चायत समिति सदस्यलाई थानाबाट मुक्त गरियो। यद्यपि, तृणमूल कांग्रेसले अपहऱणको प्रयास गरिएको आरोपलाई खारेज गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement