अलिपुरद्वारः डिमडिमा नदीबाट बलुवा-गिट्टी निकाल्नुलाई लिएऱ भएको विवादमा एक युवकको हत्या गरिएको छ। घटना शनिवार अबेर राति अलिपुरद्वार जिल्लाको बीरपाड़ा थानाको डिमडिमा चिया कमानको हो। मृतकको नाम मुन्ना तिर्की बताइएको छ। जबकि मृतक मुन्नाको भाई मुराद तिर्की घाइते भयो। अहिले मुरादलाई बीरपाड़ा अस्पतालमा भर्ती गराइएको छ, जहाँ उसको उपचार चलिरहेछ। यस मामिलामा पुलिसले तीन जनालाई सोधपुछको निम्ति हिरासतमा लिएको छ।
पुलिस सूत्रहरू अनुसार, शनिवार अबेर राति क्षेत्रका केही बदमाशहरूले मुन्नामाथि धारिलो हतियारले हमला गरे। जसलाई बचाउन आउँदा उसको भाई पनि घाइते भयो। दुवै घाइतेलाई स्थानीय मानिसहरूले बीरपाड़ा अस्पतालमा भर्ती गराए। जहाँ मुन्नाको मृत्यु भयो जबकि उसको भाईको उपचार चलिरहेछ।
-हिस