जलपाइगढ़ीः हात्तीहरूको डरले किसानहरूले खेतीपाती गर्नु बन्द गरी वैकल्पिक खेती गर्नु शुरू गरेका छन् ताकि हात्तीहरूको ताण्डवदेखि बाँच्न सकियोस्। तर यति गरेपनि किसानरूलाई यसबाट राहत मिलेको छैन। हिजो राति हात्तीहरूको झुण्डले स्थानीय किसानहरूले रोपेका कम्तीमा ३०० सयगुणको रूखहरूलाई नोकसान पुऱ्याएको छ। जसबाट किसानहरूलाई करोड़ौंको नोकसान भएको छ। घटना अबेर राति लुकसानको कालीखोला झुग्गी बस्तीको हो।
किसानहरू अनुसार, कम्तीमा १५ हात्तीको एउटा झुण्डले तीन बीघामा लगाइएको सयगुणको रूखमा हमला गऱ्यो। जसबाट उनीहरूलाई करोड़ौंको नोकसान भएको छ। नष्ट भएको सयगुणको रूख पाँच वर्ष पुरानो थियो। धान-मकै छोड़ेर सयगुणको रूख लगाएपनि परिणाम त्यस्तै आउनेछ भनेर किसानहरूले सोचेका पनि थिएनन्। यदि सरकारी क्षतिपूर्ति नपाइए उनीहरू सामू आत्महत्या गर्नबाहेक अरू कुनै विकल्प छैन। अर्कोतिर, वन विभागको डायना रेञ्जका रेञ्जर अशेष पालले भने, हात्तीहरूको झुण्डको गतिविधिहरूमाथि कड़ा नजर राखिएको छ।
-हिस