बिजय जुलुस केही समयकाेलागि स्थगित

शहीदहरूलाई दिए एलबी राईले श्रद्धाञ्जली

मिरिक। हिल्स तृणमूल कंग्रेसले आगमी आइतबार मिरिकमा पालन गर्ने भनेकाे विजय उत्सव केही समयकाेलागि स्थगित गरिएकाे हिल्स तृणमूल कंग्रेस चेयरम्यान एलबी राईले बताए।तिनले हाल मणिपुरकाे प्राकृति आपदामा परेर कतिजना सहिद बनेकाे अनि कतिजना निखाेज रहेकाे कारण चारैतिर शाेककाे लहर चलेकाे कारण केही समय उत्सव नमाउने निर्णय गरेकाे बताए। तिनले सहिद परिवारप्रति शाेक समवेदना प्रकट गर्दै निखाेज रहेकाहरूकाे सकुशल उद्धारकाे कामना गरे। यस अवसरमा तृणमूल कंग्रेस युवा नेता विकास सुब्बा,संगित राई,नर्बु लेप्चा, नवीन सुब्बा अनि संजय राई पनि उपस्थित थिए।

About Author

Advertisement